मल्पी र काष्ठमण्डप सेमिफाइनलमा

फागुन १५, काठमाडौं । डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक काष्ठमण्डप ‘ए’ पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मल्पी विजेता र कष्ठमण्डप ‘ए’ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । 

मल्पीले ओरियन्टलाई २१–९, काष्ठमण्डप ‘ए’ लाई १८–४ र काष्ठमण्डप ‘सी’ लाई १६–६ ले पराजित ग¥यो । काष्ठमण्डप ‘ए’ ले ओरियन्टलाई २१–८ तथा काष्ठमण्डप ‘सी’ लाई २१–६ ले हरायो । 

समूह ‘बी’ बाट नामी विजेता तथा चेल्सी उपविजेता बन्दै सेमिफाइनलमा पुगे । नामीले काष्ठमण्डप ‘बी’ लाई १५–१०, ग्लोबललाई ११–९ र चेल्सीलाई १६–१४ ले पाखा लगायो । चेल्सीले ग्लोबललाई ११–९ तथा काष्ठमण्डप ‘बी’ लाई ७–६ ले पन्छायो । 

1.jpg

सेमिफाइनलमा मल्पीको भेट चेल्सीसंग हुने छ भने नामीले काष्ठमण्डप ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्ने छ । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा १२ टिम सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =