पिताको अगाडी ग्ल्यामरस लुक्स दिँदा ट्रोलको शिकार बनिन् सोनम

माघ २४, काठमाडौँ । बेला बखत आफ्नो पहिरनको कारण होस् या अन्य कारण ट्रोलको शिकार बन्दै आएकी बलिउड अभिनेत्री सोनम कपुर फेरी एक चोटी ट्रोलको शिकार बन्न पुगेकी छिन् । यस पटक पनी उनी परिहनकै कारण ट्रोलको शिकार बन्न पुगेकी छिन् ।   

हालसालै मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना गरिएको थियो । सोही फिल्म हेर्न आफ्नो पिता अनिल कपुरसँग पुगेकी सोनमले  कालो रङको ग्ल्यामरस पहिरनमा पिता अनिलसँग पोज दिइरहेकी थिइन् । सोही पहिरनको कारण उनी ट्रोलको शिकार बन्न पुगिन 

एक ट्रोलर्स  उनलाइ निशाना बनाउँदे भने  ‘यस्तो लुगामा आफ्नो बुवासँग उभिँदा कस्तो उदेकलाग्दो देखिएको छ ।’ 

त्यसैगरी अर्का ट्रोलर्सले  भने, ‘आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ ? के उनीहरुलाई लाज लाग्दैन ?’ 

उनलाई यस पहिरनमा कतिले प्रसंसा गर्दै उनको फेसन सेन्सको तारिफ समेत गरेका छन् ।   

उनको एक फ्यान उनको प्रसंसा गर्दै एक फ्यानले लेखेका छन्, ‘सोनम निकै राम्री देखिएकी छिन् । ’ त्यसैगरी उनका अर्का एक फ्यानले लेखेका छन् , ‘बुवा, छोरीको सबैभन्दा कूल जोडी । अल्टिमेट फेशन क्विन अफ बलिउड ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =