फेसबुक चलाउँदा जान्नै पर्ने यी कुरा

माघ २४, काठमाडौं । एउटा सानो मोबाइलको डिभाइसबाट विश्वभरका विविध परिघटनाहरु क्षणभरमै थाहा पाउने तागत आजको दुनियाँमा छ । आजको युग सूचना र सञ्चारको युग हो । 

सूचना र सञ्चारको पहुँच भएका विश्वभरका अधिकांश मानिसरू मोबाइलबाट फेसबुक चलाउँछन् र विश्वभर घटिरहेका विविध घटनाहरुको जानकारी लिईरहेका हुन्छन् । फेसबुक साइटमार्फत युजरनेम र पासवर्ड राखेर फोटो तथा आफूलाई मन लागेका विविध विषयका जानकारी तथा विचार पोष्ट गर्छौ । तर दैनिक सूचनाको पहुँच पुर्‍ याउने फेसबुकमा भएका महत्वपूर्ण तथ्यहरुका बारेमा हामीलाई खास जानकारी हुँदैन । 

फेसबुकमा भएका सयौं तथ्यहरु मध्ये पाँच रोजक तथ्य यस्ता छन्ः 

Image result for फेसबुक चलाउँदा

१. हामीले फेसबुकमा जे टाइप गछौं त्यो सिधै फेसबुकको सरभरमा स्क्रिनमा देखाउँछ जुन हामीले पोष्ट गरेका हुँदैनौ । हामीले गलत मनसायले कुनै सामग्री टाइप गर्‍ यौं  भने त्यो पोष्ट गर्नुभन्दा अगाडि नै फेसबुकले ट्रयाक गरिरहेको हुन्छ । 

२. हामीले बैंकमा रकम जम्मा गर्न खोलेको खातामा आफ्नो निधनपश्चात कसलाई अधिकार दिने भनेर मनोनयन गरिए जस्तै आफ्नो निधनपश्चात फेसबुक कसलाई चलाउने दिने हो मनोनयन गर्न सकिन्छ । 

३. फेसबुक एकाउण्ट प्रयोगकर्ताको निधन भएपछि त्यस्ता एकाउण्ट मृत एकाण्टको रुपमा रहन्छन्, हाल यस्ता एकाउण्ट १८ करोड भन्दा बढीको संख्यामा रहेको मानिएको छ । 

४. फेसबुकले सार्वजनिक गरेको एक जानकारी अनुसार प्रत्येक मिनेट १८ लाखपटक लाइक बटन थिच्ने गरिन्छ । 

५. दैनिक नियमित रुपमा लामो समय फेसबुकमा व्यस्त रहनेहरुलाई एक प्रकारको रोग लागिसकेको छ जसलाई वैज्ञानिकहरुले ‘फेसबुक एडिक्सन् डिसअर्डर’ नाम दिएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *