कालिमाटीको होटलबाट दुई यौनकर्मीसहित सात पक्राउ

फागुन ६, काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीमा अवस्थित नाम समेत नभएको  एक होटलमा छापा मार्दा दुई यौनकर्मीसहित सात जनालाई पक्राउ गरेको छ ।   

होटलकाे नाममा अवैध धन्दा भईरहेको गोप्य सूचनाको आधारमा पुगेका प्रहरीले काठमाडौँ महानगरपालिका–१२ मयलबारी स्थित उक्त होटलबाट  दुई यौनकर्मीसहित सात जनालाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा  रामेछापको बाम्ती भण्डार–२ स्थायी घर भएका होटलका मेनेजर विक्रम खड्का, कञ्चनपुर घर भएकी रश्मि न्योपाने, सिन्धुलीकी सरिता कार्की, भारतीय नागरिक अंकित रेकवार र धादिङ्गका आकाश मगर, दोलाखाका प्रविन कार्की, जनक थापा रहेको प्रहरीले जनाएको छ ।     

महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीका अनुसार होटल संचालक मध्यका प्रविन र जनकले प्रहरीलाई  केश मिलाउन भन्दै १० हजार घुस दिन खोजेपछी उनीहरुलाई पनि नियन्त्रणमा लिईएको हो  । 

पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *