डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

फागुन १४, काठमाडौँ । नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ ।
आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरू सञ्चालन गर्दै आएको डिशहोमले भोजपुरी भाषाको मनोरञ्जनात्मक “भोजपुरी म्याजिक” नामक च्यानल पनि सञ्चालनमा ल्याएको हो ।
भोजपुरी चलचित्र र गीतहरू प्रसारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने छ ।
null
साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरूले उपलब्ध गराएको गीतहरू समेत यस च्यानलमा प्रसारण गरिने छन् । जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्नेछ ।
विगत लामो समय देखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखी डिशहोमले एक्सक्लुसिभ च्यानलहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि ग्राहकको मनोरञ्जनका लागि भिन्न खालका सामाग्री प्रसारण गरिने च्यानलहरू थप गर्दै जाने जनाएको छ ।








