गिरिजा पुत्री सुजता कोइराला किन देश छाड्दै छिन् ?

फागुन १४, काठमाडौं । कांग्रेस नेतृ पूर्वउपप्रधानमन्त्री प्रतिनिधिसभा सांसद सुजता कोइरालाले देश छाड्ने तयारी गरेको खबर छ । कोइराला राजनीतिबाट विरक्तिएर हैन कि पारवारिक कलहका कारण मुलक नै छाडेर विदेशिन लागेको बताइएको छ । उनी छोरा बुहारीसँगको कलहका कारण देश नै छाडेर जाने तयारीमा छिन् । 

स्वर्गिय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजताले नेपालको राजनीतिलाई नै तिलाञ्जली दिएर विदेशिन आफ्नो नाममा रहेको अधिकांश सम्पत्ति बिक्री गरिसकेको स्रोतको दावि छ । स्रोतका अनुसार उनले बाँकी सम्पत्ति पनि आफ्ना छोराछोरीलाई अंशको रूपमा दिइसकेकी छिन् । क्यान्सर रोगको उपचारबाट तङ्ग्रिएकी सुजता केही समययता सार्वजनिक समारोह र कार्यक्रममा कमै देखा पर्ने गरेकी थिइन् ।   

सुजता कोइरालाई गिरिजा प्रसाद कोइरालाको उत्तराधिकारी भनिएपनि उनले आफ्नो राजनीतिक करियरलाई बाबुको तुलनामा पुर्याउन सकिनन् । बाबुकै छत्रछाँयामा राजनीतिक करियर शुरु गरेकी सुजताले खासै प्रगती गर्न सकिनन् । उनलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनाएको थियो ।   

null

छोरी मेलानीको बंगलादेशी नागरिक रुबेल चौधरीसँग विवाह भएको थियो । रुबेलले मन्डिखाटारस्थित सुजाताकै घरबाट ‘भीओआईपी’ सञ्चालन गरेको फेला परेपछि उनलाई रातारात बेलायत पठाइएको थियो । उनी अहिले परिवार सहित उतै बस्ने गरेका छन् ।   

सुजताका छोरा नेपाली कन्यासँग विवाह गरेर बुढानीलकण्ठमा बस्दै आएका छन् । आफू परराष्ट्रमन्त्री हुँदा छोरालाई एनआरएनको हैसियत दिलाएकी सुजतासँग छोराको सम्बन्ध सुमधुर नरहेको बताइन्छ । सुजाताले काठमाडौंस्थित बेलायती दूतावासमा दशवर्षे भिसाको लागि आवेदन दिएकी छिन् । 

बेलायतले नेपाली नागरिकलाई दशवर्षे भिसा उपलब्ध गराउने गरेको छैन । त्यसैले सुजाताले ब्रिटिस राजदूतलाई प्रभावित गरी दशवर्षे भिसा प्राप्त गर्न प्रयास गरिरहेकी छिन् । प्रवेशाज्ञा मिल्नेबित्तिकै उनी मूख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छोड्ने तयारीमा रहेकी छिन् । घटना र विचारबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *