नोबेलमा एमबीबीएस र बीडीएसका नयाँ विद्यार्थीलाई अभिमुखिकरण

माघ २०, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा भर्ना भएका एमबीबीएस र बीडीएसका नयाँ विद्यार्थीलाई सोमबार स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । नयाँ विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । 

कार्यक्रममा कलेजका प्राचार्य डा.रामहरी घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, प्रा.डा.कृष्णकुमार मल्लिक, कलेजका अर्न्तराष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार, शैक्षिक निर्देशक प्रा.डा.एजी सिंह लगायतले विद्यार्थीहरुलाई अनुसाशित भई कडा मेहनत गरेर अध्ययन गर्न सुझाव दिए । उनीहरुले गुणस्तरीय शिक्षामा अन्य कलेज भन्दा नोबेल अब्बल रहेको दावी समेत गरे । 

एमवीवीएस र वीडीएस अध्ययनका लागि नेपालका बिभिन्न जिल्लासहित भारतका विद्यार्थीहरु पनि नोबेलमा भर्ना भएका छन् । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् । 

गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरणका कारण नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउँने गरेको नोबेल मेडिकल कलेजले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =