क्यान इन्फोटेकमा अवलोकनकर्ताको घुइँचो (फोटोफिचर)

फागुन ५, काठमाडौं । राजधानीमा जारी क्यान इन्फोटेक २०२० को आज सोमबार पनि अवलोकनकर्ताको उल्लेखनीय भीड लागेको छ ।  

शुक्रबारदेखि जारी इन्फोटेकमा शनिबार अत्यधिक अवलोकनकर्ता थिए । हिजो आइतबार र आज सोमबार पनि अपेक्षाकृत अवलोकनकर्ता आएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए ।  

जारी इन्फोटेकमा ग्याजेट्स, मोबाइल, कम्प्युटर, सफ्वेयर, क्यामरा, एन्टिभाइरस लगायतमा उपभोक्ताले भारी छुट प्राप्त गर्ने अफर भएकोले पनि अवलोकनकर्ता र खरिदकर्ताहरुको सहभागीता रहेको छ । 

इन्फोटेकमा एनसेलले एक रुपैंयामा सिम उपलब्ध गराएको छ । आयोजकका अनुसार इन्फोटेकमा मोबाईल, कम्प्यूटरको माउस, ब्लुटुथ, स्पिकर, क्यामेरा स्ट्याण्ड लगायतका उत्पादनमा छुटको व्यवस्था छ । इन्फोटेकमा खल्ती एपले थप नयाँ भुक्तानी प्रणाली ल्याएको छ ।  

अफरिङ ह्यापिनेसले नयाँ वेबसाइटको सुरुवातसँगै नयाँ सुविधा र छुटहरु लिएर आएको छ ।  

ब्रनडिजिटले पिपल र कन्टेन्डर नामक दुईवटा नयाँ इन एप्प सफ्टवेयर उत्पादन गरेको छ । यी सफ्टवेयरहरुको खरिदमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । क्यान इन्फोटेकमा बच्चाहरुलाई कम्प्युटर कोडिङ सिकाउने नान रोबोटिक्स कम्पयुटिङ प्रालिले एआई, रोबोटिक्स र कोडिङको क्षेत्रमा काम गरिरहेको छ । 

वर्ल्ड लिंकले इन्फोटेकमा अवलोकनकर्तालाई प्रत्यक्ष गेमिङको अनुभव गर्न मिल्ने व्यवस्था गरेको छ । कम्पनीले यो वर्ष १० हजार ठाउँमा निःशुल्क ईन्टरनेट सेवा वितरण गर्ने बताएको छ ।  

ई–ढेवा मोबाइलबाटै पैंसा तिर्न मिल्ने एप हो । बिजुलीको बिल, डाक्टर जाँच्ने शुल्क, प्लम्बर, गाडी भाडा, खाजा अर्डर, ट्याक्सी सेवा जस्ता सुविधा रहेको ई–ढेवाको एपमा रकम टपअप गरी सजिलै बिल भुक्तानी गर्न सकिन्छ ।  

सुबिसु केबलनेटले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । अफर अन्तर्गत सेवाग्राहीले २५ एमबिपिएस इन्टरनेट र फूलएचडी प्याकेज–२७५ प्लस च्यानल र ९५ प्लस एचडी २६५४ मै प्राप्त पाउने भएका छन् । 

मोबाइल उपभोक्ताहरुले पनि विभिन्न अफर प्राप्त गर्नेछन् । क्यान इन्फोटेक २०२० बुधबारसम्म चल्ने छ । 

हेर्नुहोस थप फोटोहरु, (सम्पूर्ण तस्विर मकालु खबर): 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *