छानबिनको माग गर्दै बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

फागुन ११, काठमाडौं । ७० करोड कमिशन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।   

आयोगमा परेको उजुरीमा बाँस्कोटाविरुद्ध भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गरिएको अख्तियार स्रोतले बताएको छ ।   

उनीविरुद्ध अभियानकर्मी विजयबाबु शिबाकोटी र प्रितम सुवेदीले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । उजुरी परेपछि छानबिन गर्नु अख्तियारको दायित्व रहेको बताउँदै प्रबक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाविरुद्ध पनि छानबिन गर्ने जानकारी दिए ।   

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपाली प्रतिनिधिसँग ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *