केकी र रिमाको ‘च्याम्पियनको चटके’ सुरु हुँदै

फागुन ८, काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’ सकिएपछि यस्तै कमेडी शो ‘च्याम्पियनको चटके’ सुरु हुने भएको छ । ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन तत्काल सुरु नहुने भएपछि ‘च्याम्पियन चटके’ सुरु हुन लागेको हो ।
‘च्याम्पियनको चटके’ लाई पनि ‘कमेडी च्याम्पियन’ निर्माण समुहले निर्माण गर्न लागेका हुन् । ‘कमेडी च्याम्पियन’ को निर्देशक विशाल भण्डारीले नै निर्देशन गर्न लागेको ‘च्याम्पियनको चटके’ मा सामुहिक हाँस्यव्यांग्य हुने निर्देशक भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार अनुसार ‘च्याम्पियनमा सहभागी प्रतियोगीहरुलाई नै शोमा अनुबन्धित गरिनेछ । उनीहरुले नै विभिन्न विषयमा अभिनय गरेर कमेडी गर्नेछन् । यो शो सामुहिक हाँस्यव्यांग्यमा भिन्न प्रयोग र फरक स्वादको प्रस्तुती दिइनेछ

यस शोलाई पनि नायिका केकी अधिकारी र रीमा विश्वकर्मा नै ले नै निर्माण गर्न लागेकी हुन् ।
यस शो का निर्मात्री तथा नायिका केकीले प्रतियोगीहरुलाई केही प्लाटफर्म दिनको लागि पनि यो शो सुरु गर्न लागिएको बताएकी छिन् । । उनले भनिन्–‘यो शो सकिएपछि प्रतियोगीहरुलाई छोड्ने होइन । हामीले एउटा अवसर सृजना गरिदिनुपर्छ । यसबाट उहाँहरुले आफूलाई थप परिस्कृत गर्नुहुनेछ ।’
अहिले कमेडी च्याम्पियनमा टप फोर बिच प्रतिस्पर्धा चलिरहेको छ । भोटिङ प्रणालिबाट हरेक हप्ता एक जना प्रतियोगी बाहिरी रहेका छन् ।








