‘राजनीतिक प्रतिशोध साध्न आफ्नो हिलो अरुमाथि छ्यापे प्रधानमन्त्रीले’

फागुन ७, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मातातीर्थको जग्गासम्बन्धी निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यतथ्य नै नबुझि राजनीतिक प्रतिशोध साँधेको आरोप गलाएका छन् ।   

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराइले २०६९ सालमा आफु प्रधानमन्त्री भएका बेला लिएको नीतिगत निर्णयलाई अनावश्यकरुपमा उछालेर संसद र जनतासामु भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।   

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत लेखेका छन्, ‘सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशका प्रधानमन्त्रीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा मोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।अरूमाथि हिलो छ्यापेर आफ्नो । ! भन्दै प्रधानमन्त्रीलाई समेत ट्वीट मेन्सन गरेका छन् ।   

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबारमा संसदमा सरकारले दुई वर्षमा गरेका कामबारे चर्चा गर्दा नेपाल ट्रस्टको जग्गा कानूनअनुसार नै भाडामा दिएको दाबी गरेका थिए । यती होल्डिङ्सको बचाउ गर्दै उनले मातातीर्थको जग्गाबारे कारवाही गर्ने चेतावनी दिएका थिए । जुन जग्गाको नीतिगत निर्णय डा. भट्टराई प्रधानमन्त्री भएका बेला लिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *