रंगशालालाई १६ ट्रिपर गिट्टी र एक लाख सहयोग

माघ २५, चितवन ।  चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि शनिवार १६ ट्रिपर गिट्टी सहयोग भएको छ ।   

भरतपुर २९ मा रहेको महानगर वालुवा उद्योग र मकवानपुर इन्जिनियरिङले गिट्टी सहयोग गरेका हुन् भने हाईव्रे कस्ट्रक्सन प्रालि र सन्तोषी निर्माण सेवाले ढुवानीका लागि सहयोग गरेका हुन् । 

महानगर बालुवा उद्योगले ९ टिप र मकवानपुर इन्जिनियरिङले ७ टिप गिट्टी सहयोग गरेकाको  महानगर बालुवा उद्योगका संचालक वलराम खनालले जानकारी दिए । महानगर वालुवा उद्योगका संचालक खनाल, मकवानपुर इन्जिनियरिङका संचालक सुमन थापा, हाईव्रे कस्ट्रक्सन प्रालिका संचालक भीम गोले र सन्तोषी निर्माण सेवाका संचालक तेजेन्द्र कुँवरले रंगशाला निर्माणको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई गिट्टी हस्तान्तरण गरे । 

सोही अवसरमा हाईव्रे कस्ट्रक्सन प्रालिले नगद १ लाख रुपैयो समेत सहयोग गरेको थियो । हाईव्रे कस्ट्रक्सन प्रालिका संचालक भीम गोलेले फाउण्डेसनका अध्यक्ष कट्टेललाई सो रकम प्रदान गरे । साथै उनले १० ट्रिपर गिट्टी सहयोग गर्ने घोषणा पनि गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *