‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स १९ लाखमा बिक्यो

फागुन ५, काठमाडौँ ।  चैत २८ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘चपली हाइट ३’को अष्ट्रेलिया राइट्स २५ हजार अमेरिकी डलर अर्थात नेपाली मूल्य १९ लाखमा बिक्री भएको छ ।   

चलचित्रको अष्ट्रेलिया राइट्स यती मंहगो मूल्यमा आरकेएस अष्ट्रेलिया प्राइभेट लिमिटेड र बाबा कन्सलटेन्सीले खरिद गरेको हो ।   

सोमबार चलचित्रको निर्माता अर्जुन कुमार र बाबा एकुकेसन कसल्टेन्सीको तर्फबाट प्रमुख रविन्द्र कुमार शर्माले यस सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । 

अर्जुन कुमार फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको यस चलचित्रलाई  निकेश खड्काले निर्देशन गरेका हुन् ।   

सस्पेन्स थ्रीलर कथामा निर्माण भएको  ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =