प्रधानमन्त्री बाँसुरी बजाउने, खनाल र नेपाल सारंगी, कुखुराको मासु अहिलेसम्मकै उच्च

माघ २२, काठमाडौं । आजका पत्रपत्रिकाले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ आयोजित ‘सारंगी साँझ’ कार्यक्रमको फोटो सहितको समाचार अग्रपृष्ठमा प्रकाशित गरेका छन् ।   

अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकमा प्रकाशित फोटोमा प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्वप्रधानमन्त्रीद्वय माधबकुमार नेपाल र झलनाथ खनाल छन् । फोटोमा प्रधानमन्त्री ओलीले बाँसुरी बजाउँदा नेपाल र खनालले सारंगी बजाइरहेका छन् ।   

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाको फेसवुक र ट्विटरबाट सार्वजनिक भएको फोटो हिजो बेलुका देखीनै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।   

सामाजिक सञ्जाल प्रयोगकर्ताले यो फोटोको प्रशंशा कम आलोचना बढि गरेका छन् कतिले रोम जलिरहेछ, निरो बाँसुरी बजाईरहेको उखानतुक्का मिसाएर ब्यंग्य गरेका छन् भने कतिले फोटो ऐतिहासिक भएको बताउँदै प्रशंशा गरेका छन् ।   

सायद मोवाइलबाट खिचिएको तस्विर भएर होला रेजुलेशन खासै छैन, क्वालिटी नभएपनि फोटोले ‘सारंगी साँझ’ मा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीहरुले रमाइलो गरेको देख्न सकिन्छ । आजको कान्तिपुरले यहि फोटो राखेर प्रधानमन्त्रीको फेरिएको अवतार शिर्षकमा समाचार छापेको छ । समाचार अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ‘सारंगी साँझ’को आयोजना गरेका छन् ।   

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रमलाई ‘सारंगी साँझ’ नाम दिएर सचिवालयका नेता र मन्त्रीहरुलाई ५ बजे बालुवाटार बोलाइएको थियो । 

कार्यक्रममा कलाकारहरुले ११ वटा धुन सुनाएका थिए । सांगितिक धुन सकिए लगत्तै खाना खाएर सबै फर्किएको एक मन्त्रीले बताए ।   

यसैगरी यहि फोटो राखेर प्रधानमन्त्री ओलीको भनाईलाई कोड गरेर समाचार तयार पारेको छ । ‘म तीन वर्षै प्रधानमन्त्री चलाउँछु’ शिर्षकमा समाचार प्रकाशित गरीएको छ । जहाँ प्रधानमन्त्री ओली सहित पूर्वप्रधानमन्त्री खनाल र नेपालले सारंगी बनाइरहेका छन् ।   

प्रधानमन्त्री ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन् । ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो । म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’, प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग ओलीले भने, ‘अलि–अलि किड्नीमा समस्या छ । किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि ?’ 

एउटा मिर्गौला थप्नु ठूलो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस्। अहिले भन्दा सजिलोसँग बढी काम गर्न सकियोस् भन्ने हो ।’ 

नयाँ पत्रिका दैनिकले भने व्यवसायीले ३० लाख चल्ला र ३ करोड अण्डा नष्ट गरेर कुखुराको मासुको मुल्य बृद्दि गरेको समाचार प्रकाशित गरेको छ । अहिले कुखुराको मासु प्रति किलो ४२० र अण्डा प्रति गोटा रु १५ भएको छ । कुखुराको मासु अहिलेसम्मकै उच्च भएको हो ।   

आजका पत्रपत्रिकाले चीनमा रहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसबाट जोगाउन नेपाल सरकारले नेपाल फिर्ता ल्याउन गरेको तयारीको समाचार पनि छ ।   

गोरखापत्रले पनि चीनबाट सरकारले नेपाली विद्यार्थी फिर्ता ल्याउन लागेको समाचार प्रकाशित गरेको छ । नागरिक दैनिक तथा राजधानी दैनिकले मंगलबार प्रधानमन्त्री ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई बोलाएर बालुवाटारमा भेटघाट गरेको विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।   

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्टपेज   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *