एक साता अघि ललितपुरबाट लुटिएको करोडौँको सुनसहित ३ पक्राउ
मकालु खबर
२०७६ माघ २९ गते
काठमाडौं । ललितपुरबाट लुटिएको करोडौँको सुनसहित काठमाडौँको दुई स्थानबाट तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार ललितपुरको पुल्चोकमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित सतुंगल र थानकोटबाट ती भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
एक साता अघि रातको समयमा उक्त पसल फोडेर ‘सेफ’ चोरी भएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार सेफ भेटिएको छ र यसबारे अनुसन्धान भईरहेको छ ।
प्रहरीले पक्राउ परेका ती व्यक्तिहरुको नाम भने सार्वजनिक गरेका छैनन् ।
मकालु खबर
२०७६ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित