जनताको अपेक्षा अनुसार काम नगरे कम्युनिष्ट सकिन्छ : प्रचण्ड

फागुन १, चितवन । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्न नसके कम्युनिष्ट सकिने बताएका छन् । 

नेकपा चितवनले भरतपुरमा विहीबार आायोजना गरेको जनआन्दोलन तथा जनयुद्ध श्रद्धाञ्जलि कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले जनताको बाचा पूरा नगरी सत्ताको मस्तीमा बसे कम्युनिष्ट सकिन समय नलाग्ने बताएका हुन् ।   

उनले अरुका कारण नभई आपफ्नै कारणले कमजोर वनाउने संस्कृति हावी भएको बताए । कम्युनिष्टहरु कमजोर भए आफ्नै कारणले हुन्छ ,अरु कसैले कमजोर बनाउन सक्दैन उनले भने, ‘त्यसैले सत्तामा रहँदा वा नरहँदा जनताको अपेक्षा पुरा गर्नुपर्छ ।’     

दुई पार्टी एकता सानो मेहनतले मात्र आएको नभइ लामो संघर्ष छलफल र मेहनतले अहिलेको अवस्थामा आएको उनको दाबी थियो ।  देशको अवस्थालाई हेरेर गरिने सहि निर्णयले सफल हुने उनले वताए ।   

नेकपा जिल्ला अध्यक्ष यमवहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण भक्त पोखरेल, नेता तेजेन्द्रवहादुर खड्का लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =