कोरोनाको सङ्क्रमणबाट जापानमा पनि एक जनाको मृत्यु

फागुन २, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट जापानमा पनि एक जनाको मृत्यु भएको छ । भाइरसबाट सङ्क्रमित एक जना महिलाको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।   

उनी जापानमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ । गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा स्थान्तरण गरिएको थियो ।   

केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।  जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *