कियराको नयाँ फोटोले तहल्का मच्चायो

फागुन ७, काठमाडौं । हिन्दी चलचित्र कविर सिंहकी नायिका कियरा आडवाणी अहिले चर्चामा छिन् । कविर सिंहको सफलताले कियरालाई बलिउडमा एकपछि अर्को सफलता हाल लागि रहेको छ ।
२०१४ को डेब्यू केमडी जनरा फिल्म फग्ली खासै नचलेपनि त्यसको २ वर्षपछि आएको एमएस धोनीले बलिउडमा तहल्का मच्चायो ।
२०१७ मा आएको मेसिनले खासै चर्चामा ल्याउन सकेन । तर, करण जहौरको नेटफ्लिक्सको लस्ट स्टोरीले कियरालाई पुनः चर्चामा ल्याइदियो । २०१८ र १९ का दुई तेलंगु फिल्म भरत आने नदु र विनय विधय रामाले बलिउडमा चर्चा नकमाएपनि तेलंगुमा कियरालाई चिनायो ।

२०१९ मा आएको कविर सिंहले भने कियरालाई ठूलो सफलता दिलायो । कविर सिंहमा कियराले निर्वाह गरेको लजालु सेक्सी एमविविएस स्टुडेण्टको रोल दर्शकले नोटिस त गरे नै । सोहि वर्ष आएको गुडन्यूजले पनि कियरालाई चर्चामा ल्याएको छ ।
अहिले बलिउडमा उनको माग ह्वात्तै बढेको छ । सन् २०२० मा कियरासँग पाँच फिल्म छन् । जसमध्ये दुई वटा त यहि वर्ष प्रदर्शनमा आउने छन् । आउँदा दुई फिल्म लक्ष्मी बम, इन्दो कि जवानीबाट कियराले ठूलो आशा राखेकी छिन् ।
हालै कियराले बलिउड चर्चित फोटोग्राफर डब्बु रतानीको क्यालेण्डरमा खिचेको एक तस्विरका कारण पनि चर्चामा आएकी छिन् ।
कविर सिंहमा सोझी युवतीको भूमिका निर्वाह गरेकी कियराले पातले आफ्ना गोप्य अंग छोपेर फोटो सुट गरेपछि उनका फ्यानहरुको होस उडेको छ । बलिउडमा कियराको सोहि तस्विरको चर्चा छ ।
हेर्नुहोस कियराका केही तस्विरः








