आईरनको फेदमा लागेको कालो दागलाई हटाउने केही टिप्स

माघ २० ।  आजकलको जमानामा कपडामा प्रेस अर्थात आइरन नलगाउने मानिस सायदै होलान । हामीलाई चिटिक्क देखाउनको लागि पनि हाम्रो कपडामा आइरन लगाउनु नितान्त आवश्यक हुन्छ ।आइरन नलगाएको कपडा कच्याककुचुक र खुम्चेको हुन्छ । जसले गर्दा कपडा नयाँ भए पनि त्यो कपडा लगाउने व्यक्तिको व्यक्तित्वमा सिधै असर गरिरहेको हुन्छ । 

तर कहिले काहीं हामीले प्रयोग गर्ने आइरनको तल्लो भाग अर्थात मेटलको भागमा कालो दाग बस्ने गर्छ । जसले गर्दा आइरन गर्ने समयमा उक्त आइरनको कालो दाग हाम्रो कपडामा समेत लाग्न गई कपडा बिग्रिने सम्भावना निकै धेरै हुन्छ । 

आइरनमा लागेको दागलाई सजिलै हटाउने उपाय यस्तो छ । 

Image result for आईरनको फेदमा लागेको कालो दाग

तरिका नम्बर १ 

खाने सोडा र पानी 

एक चम्चा पानीमा २ चम्चा खाने सोडा हालेर पेस्ट (लेदो) बनाउनुहोस । 

तयार पारिएको लेदोरपेस्टलाई आइरनको प्लेटको दाग लागेको ठाउमा दल्नुहोस । 

पेस्ट दले पछी सफा कपडा पानीमा डुबाएर पेस्टलाई पुछ्नुहोस । 

यदि तपाइको आइरनमा बाफ आउने प्वाल छ भने उक्त प्वालमा पनि सफा गर्नुहोस । 

आइरनको रिजरभोइरमा पानि भर्नुहोस । 

आइरनलाई अन गरेर फुल मोडमा पुरै तातो बनाएर ठाडो पारेर राख्नुहोस । 

आइरन तातो भएपछी सफा कपडामा आइरन दल्नुहोस, किचन टावेल प्रयोग गर्नुभए पनि हुन्छ । 

यसरी सफा कपडामा आइरनरदले पछी आइरनलाई बन्द गर्नुहोस र चिसो हुन दिनुहोस, यसरि तपाइले आफ्नो आइरनको प्लेटलाई सफा गर्न सक्नुहुन्छ । 

तरिका नम्बर २ 

भेनिगर र नुन 

तपाइले भेनिगर र नुनलाई मिसाएर पनि आइरनलाई सफा गर्न सक्नुहुन्छ । यसको लागि दुइभाग भेनिगर र एक भाग नुन मिसाउनुहोस । 

त्यसपछि त्यसलाई उमाल्नुहोस नुन भेनिगरमा नघुली सम्म उमाल्नुहोस । उम्लिसके पछी एकैछिन चिसो हुन दिनुहोस, र चिसो नुन-भेनिगरलाई आइरनको प्लेटमा दल्नुहोस र सफा गर्नुहोस । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *