लम्कीमा माेटरसाइकल दुर्घटनामा युवकको मृत्यु, सवारी साधन ठप्प

माघ १८,लम्की । मोटरसाइकल दुर्घटनामा परि कैलालीको लम्कीचुहा ६ गुलरामा एक युवकको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर लुहारपुरका २२ बर्षिय युवक मायाराम चौधरीको मृत्यु भएको हो ।   

चौधरीले चलाएको से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा चौधरीको घटना स्थलमै मृत्यु भएको हो। गएराति करीब ११ बजेतिर दुर्घटना भएको अनुमान गरीएको भएपनी प्रहरीले राति १२ बजे जानकारी पाए लगतै घटना स्थल पुगेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।   

मृतकको सव र दुर्घटना भएको मोटरसाइकल राजमार्गमै रहेको छ । मृतका परिवार र स्थानियले मोटरसाइकललाई ठक्कर दिने गाडीको पहिचान नभए सम्म सव नउठाउने बताएका छन । राति १२ बजेदेखि लम्की अत्तरीया सड्क खण्ड अबरुद्ध हुँदा यातायातका साधन ठप्प रहेका छन ।   

राजमार्गमा अतिआवश्यक सवारी साधान सञ्चालनमा समेत स्थानियले अवरोध गरेका छन् । राति १२ बजेतिर पुर्बबाट पश्चिम तर्फ जादै गरेको एक यात्रुबाहक बसले मोटरसाइकल र सवलाई देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।   

प्रहरीले भने मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको भएपनी घटनाको प्रकृति गाडिले ठक्कर दिएको भएको भन्दै स्थानियले सत्यतथ्य छानबिनको माग गरेका छन् । 

चुहामा ब्यापार गदै आएका चौधरी घर आउने क्रममा राती गुलरा सडक खण्डमा मृत अवस्थामा भेटिएपछि पूर्बबाट पश्चिम तर्फ जादै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका बताइएको छ। दोषिलाई कारवाहीको माग गर्दै रातीदेखि नै पीडित परिवार र स्थानियले पूर्बपश्चिम राजमार्ग अबरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध हुँदा पूर्ब पश्चिम जाने दर्जनौ सवारी साधन विच बाटोमै अलपत्र परेका छन्। मृतकका श्रीमति र एक नाबालक छोरा रहको जनाइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *