४२ लाख घुस लिएको आरोपमा वकिल टंकबहादुर पक्राउ

माघ २४, काठमाडौँ । शुक्रबार बबरमहलबाट ४२ लाख घुस लिएको आरोपमा  वकिल टंकबहादुर राना मगर पक्राउ परेका छन् ।   

सेवाग्राहीलाई थुनाबाट छुटाइदिने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा वकिल टंकबहादुर पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई वर्षअघि  राजश्व न्यायाधीकरणमा  रमेश दाहालबिरुद्ध  मुद्दा परेपछि वकिल टंकबहादुरले न्यायाधीशलाई घुस खुवाएर छुटाइदिने भन्दै  दाहाल सँग पैसा लिएका थिए। 

दाहाल पक्राउ पर्ने वित्तिकै अधिवक्ता मगरले  न्यायाधीशलाई घुस खुवाउन भन्दै  दाहालको परिवारसँग  ४२ लाख रुपैयाँ लिएका थिए। राजश्व अनुसन्धान विभागले दर्ता गरेको मुद्दाको सुनुवाइका क्रममा न्यायाधीकरणले दुई करोड ५० लाख धारौटी माग गरेपछि दाहाल हाल तिर्न नसकेर नख्खु कारागारमा थुनामा रहेका छन्। 

वकिल टंकबहादुरबाट ठगीएपछी परिवारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =