प्रधानमन्त्रीले संसदमा आज गर्ने भनिएको सम्बोधन स्थगित
२०७६ फागुन २ गते

फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम (भोली) शनिबारसम्मका लागि सरेको छ ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि (शनिबार) बिहान ११ बजेका लागि बोलाइएको छ ।

आज २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो ।
२०७६ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








