‘ललिता निवास जग्गा प्रकरणमा डा. भट्टराई र नेपाललाई पनि कारबाही हुनुपर्छ’

माघ २५, काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत कारबाही हुनुपर्ने मानव अधिकारवादी नेता कृष्ण पहाडीले बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेता पहाडीले नेपाली कांग्रेसले विजय गच्छदारको पक्षमा वकालत गरेकोमा आफूलाई दुःख लागेको पनि बताएका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैको सहयोग आवश्यक रहेको नेता पहाडीले बताएका छन् । उनले  ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई स्वीकार गर्नुपर्ने पनि लेखेका छन् ।   

पहाडीले नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको विशेष योगदान रहेपनि त्यही योगदानको आधारमा उनीहरुले उन्मुक्ति पाउन नहुने जिकिर गरेका छन् ।   

null

बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान र अध्ययनले पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको समेत संलग्नता छर्लङ्ग भएको दाबी पहाडीको छ ।   

‘लोकतान्त्रिक पद्धतिमा दण्डहीनता र उन्मुक्तिलाई कुनै स्थान छैन, दुबै जनामाथि पनि प्रक्रिया अघि बढाएर त्यसको न्यायिक निरुपण हुनु आवश्यक पर्छ ।’ विज्ञप्तिमा भनिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =