आठराई जानु अघि बालुवाटारमा प्रधानमन्त्रीले यसरी मनाए ‘ह्याप्पी वर्थडे’

फागुन ११, काठमाडौं । आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि बालुवाटरस्थित सरकारी निवासमै शुभेच्छुकहरुले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेकपा संसदीय दलका  उपनेता सुवास नेक्वाङलगायतले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरेका हुन् । 

उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीका परिवारका केही सदस्यहरु र सचिवालयका सदस्यहरु बसेर बधाइ साटासाट गरेका हुन् । 

बालुवाटारस्थित निवासमा जन्म दिन मनाउने कुनै औपचारिक कार्यक्रम नभए पनि प्रधानमन्त्रीका शुभेच्छुकहरु शुभकामना दिन बाल्वाटार पुगेका हुन् । प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँबायाँ राखेर केकसमेत काटेका छन् । 

बालुवाटारको कार्यक्रम सकेर प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् । 

फोटोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *