अवार्डसँगै आठ हजार अमेरिकी डलर प्राप्त

माघ २१, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली विश्वभरका खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘वेस्ट कोलम राईटिङ’ तर्फ अवार्ड जित्न सफल भएका छन् । हंगेरीको बुडापेस्टमा सोमबार राति बिशेष समारोहमा उनले अवार्डसँगै आठ हजार अमेरिकी डलर पनि प्राप्त गरेका हुन् । 

उनलाई नेपाल खेलकुद पत्रकार मञ्च सिंगो कार्यसमिति र सम्पूर्ण सदस्यहरुले बधाई दिएका छन् । यस अवार्डले सिंगो नेपाली खेलकुद र पत्रकारिता जगतलाई खुशी बनाएको छ । नेपाली सञ्चार माध्यम र पत्रकारिता विश्वका कुनै पनि मुलुकको भन्दा कम छैन भन्ने यो पछिल्लो ज्वलन्त उदाहरण पनि हो । 

द काठमाडौं पोस्ट्का पत्रकार प्रज्वलले गत असार १९ गते ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघहरु पालिएका छन्’ शीर्षकमा समाचार लेखेका थिए । सोही समाचार विश्वभरका एक सय ८० देशका सयौं पत्रकारले पठाएका समाचार मध्ये उत्कृष्ट बनेको थियो । प्रज्वलसँगै स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोकको समाचार अवार्डका लागि शीर्ष तीनमा छनोटमा परेको थियो । 

null

अन्ततः फाइनलमा स्पेन र अर्जेन्टिनाका पत्रकारलाई पछि पार्दै प्रज्वलको लेखले अवार्ड पाएको छ ।   

अवार्ड जितेपछि प्रज्वलले नेपाली खेलकुद पत्रकारिता र नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको बताएका छन् ।   

उनी डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय छन् ।   

उत्कृष्ट तीनभित्र परेका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उनका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेखेका थिए ।   

यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिस खेलमा हुने म्याच फिक्सिङबारे समाचार लेखेका थिए । एआईपीएसले गत वर्षदेखि ‘एआईपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =