‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२०’ आयोजना हुँदै
माघ २३, काठमाडौं । काठमाडौंमा ‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२०’ आयोजना हुने भएको छ ।
‘इन्टरनेशनल इकोनोमिक्स आलम्पियाड २०२०’ को तयारी स्वरुप योङ्ग इकोनोमिक्स सोसाइटी नेपालले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । ‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२०’ मा ६० विद्यार्थीलाई प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
फ्रेबअरी १ मा क्षेत्रीय ६ सय बढीले प्रतिस्पर्धा गरेका थिए जसबाट ६० जना छनौट भएका छन् । उनीहरुलाई फ्रेबुअरी १४, १५ र १६ मा राष्ट्रिय प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ । ६० प्रतिस्पर्धी मध्ये उत्कृष्ट ५ जनालाई जुलाई २१ देखि ३१ सम्म आयोजना हुने ‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२०’ मा सहभागी गराइने छ ।
नेपालभरका इकोनोमिक्स, बिजनेश र फाइनान्स विषयमा ट्यालेन्ट उच्चमाध्यामिक तहका विद्यार्थीहरुले यसमा सहभागीता जनाउन पाउनेछन् । प्रतिस्पर्धाका लागि कलेजले नै विद्यार्थी छनौट गरेर पठाउने छ ।
यसअघि २०१९ मा पनि नेपालले इन्टरनेश्नल इकोनोमिक्स ओलम्पियाडमा भाग लिएको थियो । जसमा सहभागीता जनाएका ५ जनामध्ये दिपशिखा श्रेष्ठले कास्य पदक जितेकी थिइन् ।
विभिन्न ५० भन्दा बढी देशहरुले सहभागीता जनाउने अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगीतामा यो पटक गोल्ड मेडल भित्र्याउने उद्देश्यले सो इभेन्टको आयोजना गरिएको पनि आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार उक्त इभेन्टमा सहभागी विद्यार्थीहरुलाई विभिन्न सम्बन्धित ट्रेनिङहरु पनि दिइनेछ । विद्यार्थीका लागि आफूमा भएको प्रतिभा देखाउने र नजानेका कुरा सिक्ने यो सुनौलो अवसर पनि हो ।