दिवस भए ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ को बिजेता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ २२, काठमाडौँ । ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ को बिजेता इटहरीका दिवस पोखरेल बन्न सफल भएका छन् ।
आगामी विपिन कार्कीद्वारा अभिनित चलचित्र ‘सेल्फी किङ्ग’ देशभर प्रदर्शन हुँदैछ । यसै अर्न्तगत चलचित्र निर्माण युनिटले नेपालको पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा माघ ५ गते ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको थियो ।
ह्यूमर र कमेडी हाउभाउमा खिचिएको सेल्फी हाम्रो कम्युनिटी मार्फत् पोष्ट गरेर प्रतियोगितामा सहभागी हुनसक्ने व्यवस्था गरिएको थियो । दिवसको कमेडी हाउभाउमा खिचेको सेल्फीलाई निर्माण युनिटले उनलाई बिजेताको घोषणा गरेको हो ।
गत माघ ५ देखि माघ २० सम्म संचालित प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिएको हो ।
अभिनेता विपिनले भने ‘हामीले पुरस्कार नै अभिनय सिकाउने राखेका छौं र उहाँको तस्बीर हेर्दा अभिनयमा इच्छुक देखिनु भएको छ’
दीवससँगै अन्य १० प्रतियोगीले प्रिमियरको १० पास जितेका छन् । दिवसले निर्देशक अनुप बरालको एक्टर्स स्टूडियोमा ३ महिनाका लागि अभिनयको कोर्स लिन पाउने भएका छन् । दिवसले अभिनय सिक्ने आफ्नो चाहना चलचित्रले पुरा गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)