सुन भाउ अहिले सम्मकै मंहगो, कायम गर्यो नयाँ रेकर्ड
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ फागुन ७ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
फागुन ७, काठमाडौँ । नेपाली बजारमा सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार सम्म प्रतितोला ७६ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ७७ हजार १ सय रुपैयाँ भएर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी महासंघका अनुसार मंगलबार पं्रतितोला ७६ हजार ४ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७६ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको छ ।
बुधबार चाँदीको भाउमा पनि बृद्धी भएको छ । मंगलबार ८ सय ९० रुपैयाँमा बिक्रीबितरण भएको चाँदी आज प्रतितोला ९ सय ५ रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ फागुन ७ गते
प्रतिक्रिया