स्वस्थानीका पाना च्यात्नै पर्दछ !

  

स्वस्थानीका पाना च्यात्नै पर्दछ ! 

हो कमरेड, 

ठीक भन्यौ तिमीले 

अब स्वस्थानीका पाना च्यात्नै पर्दछ ! 

हजारौँ मान्छे च्यात्दा त 

चरो मुसो कोहि बोलेनन ! 

जाबो स्वस्थानीको पाना च्यात्दा 

तिम्रो बिरुध्द को बोल्दो रहेछ ! 

हेरौँला हामी पनि ! 

बरु पाना च्यात्दै गरेको 

कमरेडी अभियानको फोटो 

युरोप तिर शेयर गरिहाल्नुपर्छ 

किनकी 

एउटा फोटोले पनि युरो मात्र होइन 

पाउन्डस्टर्लिङ्गको फ्याक्ट्री खुल्न सक्छ 

जसरी हिजोका च्याताईहरुमा खुलेको थियो ! 

कमरेडहरुका घर घरमा 

कमरेडहरुका पछाडि लाग्ने 

सबैखाले दलेदाईहरुको घर घरमा 

युरो र पाउन्डस्टर्लिङ्ग 

धानको बाला जस्तै झुलेको थियो ! 

टाउकोमा हात राखेर 

फादरले खुवाएको कसम 

निलो आकाश जस्तै खुलेको थियो ! 

हो कमरेड, 

अब स्वस्थानीका पाना मात्र होइन 

अलि अस्ती च्यातिएको 

गीता र महाभारतका 

बाँकी पानाहरुपनि च्यात्नु पर्दछ ! 

हाम्रो काम च्यात्ने हो 

बाँकी रहेका सबै कुरा च्यात्नु पर्दछ 

हेरौं हामीलाई कसले के गर्दछ !! 

रामप्रसाद खनाल, भर्जिनिया, अमेरिका, फेब्रुअरी ११, २०२०    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *