नायिका रीमाले गरिन् साकारसँग बिवाह (भिडियोसहित)
२०७६ फागुन १२ गते

फागुन १२, काठमाडौँ । चर्चित नायिका तथा होस्ट रीमा विश्वकर्माले ‘कमेडी च्याम्पियन’का निर्णायक सन्तोष पन्तका छोरा साकार पन्तसँग बिवाह गरेकी छिन् ।
उनीहरुको बिवाह चलचित्र ‘हिजाे आजका कुरा’ मा सन्तोष पन्तको श्रीमतीको पात्र निभाएकी रमा थपलियाले गराएकी हुन् । तर रीमाले रियल लाईफमा नभई ‘कमेडी च्याम्पियन’ सेटमा मात्र बिवाह गरेकी हुन् ।
सन्तोष पन्तले आफ्नो चर्चित टेलिफिल्म ‘हिजो आजका कुरा’ काे नाम सापटी लिएर बनाएको चलचित्र ‘हिजो आजका कुरा’ मा नायिका रीमाको पनि भूमिका रहेको छ । र यस चलचित्र साकारको डेब्यू निर्देशनमा बनेको चलचित्र हो । सोही चलचित्रको प्रमोशनको लागि उनीहरुको विवाह गराइएको हो ।

https://youtu.be/s8dLVFv0VFI
२०७६ फागुन १२ गते
प्रतिक्रिया








