दशनामी समाजका कोषाध्यक्षको हत्या भएको जिकिर

काठमाडौं, २२ माघ । नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको निधन भएको छ । गएराती  काठमाडौं ३१ बानेश्वर आलोकनगरस्थित डिचिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अबस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तले बताएका छन् ।   

भक्तपुरको एसएस कलेजका सञ्चालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका गिरीको शरीरका बिभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको, देब्रे खुट्टा भाँचिएको अबस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले बताए ।   

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरि छोराको हत्या भएको भन्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । उनले आजै महानगरीय प्रहरी बृत्त वानेश्वरमा ज्यान मुद्धा सम्बन्धी जाहेरी दिई घट्नाको निष्पक्ष छानबिन गरि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरे । गिरीका आफन्तले रेष्टुरेन्ट सञ्चालक एवं अन्य व्यक्तिको घट्नामा संलग्नता रहेको दाबी गर्दै रेष्टुरेन्ट सञ्चालक सिसि क्यामरा फुटेज समेत मेटाएको पाईएको बताएका छन् । 

null

गिरीका आफन्तले रेष्टुरेन्ट सञ्चालकले घट्नाको प्रमाण मेटाउने प्रयास गरेको र प्रहरीले समेत किटानी जाहेरी लिन इन्कार गरेको गुनासो गरेका छन् । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि पीडित पक्षले सामुहिक जाहेरी दिएका छन् । प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घट्नाको अनुसन्धान सुरु गरेको र पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा घट्नाबारे भन्न सकिने बताए ।   

मृतक गिरीको आजै शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गरि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।   

आर्यघाट पुगेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =