यी भिडहरू कस्ता ? नेकपाकी नेतृ भगवती चाैधरीकाे प्रश्न ?
माघ २७, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चाैधरीले कविता मार्फत मुलुककाे पछिल्लाे अवस्थालाइ केलाउन खाेजेकी छिन् । खासगरी केहि दिन यता नेपाली राजनीतिमा देखिएकाे परिस्थितिकाे विष्लेषण गर्दै नेतृ चाैधरीले जनताले विस्वास गरेर देश बनाउन पठाएकाहरूले जनतालाइ धाेका मात्र दिएकाे संकेत गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसवुकमा पाेस्ट गरिएकाे कवितामा जनताले भरपर्दा नायक बनाएकाहरू खलनायक बनेर निस्किएकाे जिकिर गरिएकाे छ । साथै यस्ताे प्रवृत्तिले देश उभाे जाने हाेकि उँधाे प्रश्न गरेकि छन् ।
यी भिडहरू कस्ता ?
यी भिडहरु छन् कस्ता कस्ता ?
एक अर्कालाई दोषि बनाउन मस्त मस्ता ।
यी भिडलाई मान्थे सारा जनता र कार्यकर्ता
जनता देख्दथे यिनलाई भरपर्दा नायक पात्रा ।
यी भिडहरु छन् कस्ता कस्ता ?
यी सब आ-आफ्नै स्वार्थ सिद्धमा मस्त मस्ता ।
जनता भन्थे यी हुन देश बनाउने हर्ताकर्ता
यिनको खेलेको भरोसामा परे जनता र कार्यकर्ता ।
यी भिडहरु छन् कस्ता कस्ता ?
देश बन्ला बनाउने सपना देख्ने आशै आसा ।
तर झस्केका छन् सब जनता कार्यकर्ता ।
देश उभो होकी उधो जॉंदैछन् कता कता ?
यी भिडहरु छन् कस्ता कस्ता ?
भगवती चाैधरी