प्रेममा पर्दा यसरी पुग्छ स्वास्थ्यमा फाइदा

फागुन २, काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । आजको दिनलाई माया गर्ने जोडिहरुले विशेष दिनका रुपमा लिने गर्छन् भने, कतिले आजको दिन आफुले माया गर्ने वा मन पराएका व्यक्तिलाई आफ्नो भावना व्यक्त पनि गर्छन् । माया गर्नु, प्रेम गर्नु भनेको आफैँमा अनौठो र मिठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई मात्र थाहा हुन्छ। प्रेमले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने काम मात्र गर्दैन, यसले स्वास्थ्यमा पनि निकै ठूलो भूमिाका खेलेको हुन्छ । प्रेमले मानिको स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । यस्ता छन्, प्रेममा पर्दा स्वास्थ्यलाई फुर्याउने फाईदाहरु :
छालामा चमक
प्रेममा पर्दा एउटा छुट्टै किसिमको अनुभ्रती हुन्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ। विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ। यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ।

डिप्रेसन जित्ने शक्ति
प्रेम गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरुका अनुसार प्रेमले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पु¥याउँछ। शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्याउँछ।
कमजोरीबाट टाढै राख्छ
प्रेमले कमजोरीबाट पनि टाढा राख्न मतद गर्छ । अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार प्रेमिल जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ। यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन्।
रक्तचाप घटाउँछ
प्रेमले मानिसको रक्तचापलाई सामान्य राख्न मदत गर्छ । एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ।
तनाव घटाउँछ
प्रेम आफैंमा सुमधुर शब्द हो । प्रेममा परेका व्यक्तिहरुदाई तनाव कम हुन्छ । राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ। यसबाहेक तापईं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ।
उपचार छिटो
यदी तपाई प्रेममा हुनुहुन्छ र बिरामी पर्नु भएको छ भने, तपाईको स्वास्थ्य समस्या पनि छिट्टै निको हुन्छ । प्रेमले बिरामीको उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ। अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो। नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ। निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ।
दीर्घायुको अवसर
विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन्। प्रेमले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्कोलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ।
शारीरिक तन्दुरुस्ती
सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक प्रेमिल जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ।
मासिक धर्म नियमित
प्रेम र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ। प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो। एजेन्सी








