निजगढ विमानस्थलको मुद्दा सर्वोच्चले पठायो पूर्ण इजलास
फागुन ४, काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा पूर्ण इजलासमा पठाएको छ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलासले उक्त मुद्दा पूर्ण इजलास पठाउने निर्णय गरेको हो ।
सर्वोच्चले गत मंसिर २० गते सरकारलाई बारास्थित निजगढ विमानस्थल निर्माणको काम अघि नबढाउन आदेश दिएको थियो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको थियो।
null
सर्वोच्चले निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन सरकारका नाममा पुस ६ गते अन्तरिम आदेश दिएको थियो।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले पनि सर्वोच्चमा रिट दर्ता गरेका थिए।