बालुवाटारमा ओली-प्रचण्डको आकस्मिक बैठक

फागुन १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयीक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।   

गोकुल बाँस्कोटा अडियो प्रकरण, एमसीसी लगाएतका विषयमा चर्काे आलोचना भइरहेका बेला यी दुई नेकपा अध्यक्षबीच भेटबार्ता भएको हो । प्रधानमन्त्री ओलीको आईतबार परेको जन्मोत्सवमा काटिएको केक प्रकरणमा सरकार र नेकपाको अहिले चर्को आलोचना भइरहेको छ ।  

प्रधानमन्त्री ओलीले नेपालको नक्सा आकारको केक अफ्नो जन्मोत्सवमा काटेको भन्दै उनको राष्ट्रियताको सम्बन्धमा सञ्चारमाध्याम र सामाजिक सञ्जालमा अहिले आलोचना भएको हो ।   

यसैबीच निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण सार्वजनिक भएपछि बाँस्कोटा र प्रधानमन्त्री ओलीविरुद्ध समेत अख्तियारमा उजुरी दर्ता भएको छ । 

शनिबार बसको सचिवालय बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गरेको समाचार सार्वजनिक भएपछि नेकपाभित्रै त्यसको चर्को विरोध भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *