बिहे फापेन भन्नेलाई वर्षाले दुई चलचित्र साइन गरेर देखाई दिईन्

माघ २१, काठमाडौँ । बिहे फापेन भन्नेलाई नायिका वर्षा राउतले २ चलचित्रमा साईन गरेर देखाई दिएकी छिन् । नायक तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेपछि कुनै चलचित्रमा साईन नगरेकी नायिका वर्षाले लगातार २ वटा चलचित्रमा साइन गरेर देखाई दिएकी हुन् ।
उनले दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेकाे चलचित्र ‘२ नम्बरी’ र सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेकाे चलचित्र ‘के घर के डेरा’ साइन गरेकी हुन् ।
बिवाह भएको ८ महिना पछि दुई चलचित्र साइन गरेकी वर्षाले अझै, एक चलचित्रका लागि कुरा भैरहेको र काम गर्ने सक्ने उनले जानकारी समेत दिएकी छिन्

उनले सोमबार चलचित्र ‘के घर के डेरा’को पत्रकार सम्मेलनमा बोल्ने क्रममा भनिन् ‘मलाई चलचित्र साइन नगर्दा धेरैले चलचित्र नै नपाएको भनेर लेख्नु भयो । कतिपय मिडियामा त वर्षालाई बिहे फापेन भनेर पनि समाचार आयो । यसैले, बिहे फापेन भन्नेहरुका लागि मैले चलचित्र साइन गरेकी हुँ ।’
वर्षाले आफूलाई बिहे फापेको पनि स्पष्ट पारेकी छिन् । बिहेपछि नायिका राउतका २ चलचित्र रिलिज भैसकेका छन् ।
चलचित्र ‘के घर के डेरा’ मा नायिका वर्षाले नायक विपिन कार्कीसँग खेल्दैछिन् । एकपछि अर्को चलचित्रमा सँगै काम गर्दै आईरहेकी वर्षाको कार्कीसँग यो चौथो चलचित्र हो ।








