ह्यपी भ्यालेन्टाईन डे टु ट्राफिक रूलः महाशाखा प्रमुख ढकाल

फागुन २, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालले प्रणय दिवसकाे उपलक्ष्यमा विद्यार्थी, स्थानियहरू, चालक, परिचालक र सम्बन्धित सराेकारवालाहरूलाई ट्राफिक नियमकाे पालना गर्न र गराउन र साे नियमलाई माया गर्दा दुर्घटना न्युनिकरणमा कमि आउने बताएका छन् । 

समुदाय -प्रहरी साझेदारी  पालिका समिति चन्द्रागिरिको आयोजनामा चन्द्रागिरि नगरपालिका  वडा नं.१३ सतुंगलस्थित चन्द्रागिरि पार्टी प्यालेसमा  ‘ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सडक दुर्घटना न्यूनिकरणको लागि ट्राफिक सचेतना कार्यक्रम’मा बोल्दै ट्राफिक महाशाखा प्रमुख ढकालले सो कुरा बताएका हुन् । 

एसएसपी ढकालले भने, ‘जसरी प्रेमी,प्रमिका विच जसरी आगाध आपसी माया र आत्मियता हुन्छ त्यसै गरि ट्राफिक नियमलाई पनि प्रेम पुर्वक पालन गर्दा दुर्घटनामा न्युनिकरण हुने छ भने हामीले विश्वास लिएका छौँ, तपाईं र हाम्रो आजको प्रेम र स्नेह भनेकै दुर्घटना न्युनिकरण हुनवाट र आम नागरिकहरू दुर्घटनावाट कसैको माया नखोसियोस भने हामीले चहाना गरौं तपाईं विद्यार्थी भाईवहिनीहरूलाई भन्न चहान्छु ह्यपी भ्यालेन्टाईन डे टु ट्राफिक रूल ।’ 

उनले  ट्राफिक नियमको पालनमा सबै जना कटिबद्द हुनुपर्ने र दुर्घटना न्युनीकरणका लागि सबैसँग हातेमालो गर्दै यसको लागि ट्राफिक प्रहरीको तर्फबाट आफ्नो भूमिका निर्वाह गर्न प्रतिवद्द रहेको बताए । 

राजधानी लगायत उपत्यका नगरपालिकामा नमुना ट्राफिक क्षेत्र वनाउन सवै स्थानिय निकाय लाग्नु पर्ने र महाशाखाले केही स्थानिय निकायको सहकार्यमा नमुना व्यवस्थित ट्राफिक जोनका लागि गृहकार्य भईरहेको जानकारी दिए । कार्यक्रमका  चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकाको कलंकी नागढुंगा सडकखण्डमा छिटै सिसिटिभि र सडक बत्ति जडान गर्ने र सडक सुरक्षा लगायत यस पालिकाको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन प्रहरी लगायत सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताए । 

नगर प्रमुख गिरीले करिव १ करोडको बजेट विनियोजित भई काम सुरू गरिन लागिएको र छिटैनै ट्राफिक मैत्री नगरपालिका बनाउने अभियानमा लागेको बताए । 

चन्द्रागिरि नगरपालिका अन्तर्गतको राजमार्ग तथा भित्री सडक खण्डमा हाल सडक दुर्घटना जोखिमको अवस्था, त्यसलाई न्युनिकरण तथा नियन्त्रण गर्न ट्राफिक प्रहरी तथा प्रहरीले के कसरी कार्य गरीरहेको छ, स्थानीय निकाय तथा सम्बद्द सरोकारवाला निकायहरूसँगको सहकार्यमा भैरहेका कार्यहरूको बारेमा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्रष्टाएका थिए । 

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सरकारले दुर्घटना न्युनिकरणमा ध्यान दिन नसक्दा बर्षिनी सयौ जनधनको क्षेति हुने गरेको प्रति चिन्ता व्यक्त गरे । उनले मालवाहक सवारी साधनलाई उचित पार्किङको व्यवस्था गर्न नसक्दा व्यवसायीहरू मार्न पर्दै आएको बताए । कार्यक्रममा ट्राफिक दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतनामुलक श्रव्यदृश्य सामाग्रीको प्रदर्शन गरिनुका साथै सडक सुरक्षा तथा दुर्घटना न्युनीकरण सम्बन्धी अन्तर्क्रया समेत भएको थियो । 

 चन्द्रागिरि  १२  गुर्जुधारा स्थित भेहिकल एकेडेमी तथा रिसर्च सेन्टरबाट ट्राफिक सचेतनामुलक प्लेकार्ड तथा ब्यानर सहित भास्तिपुर धिमे खलः बलम्बुको धिमे बाजा र मानन्धर ल्याम्ह पुचः मच्छेगाँउको बासुरीको धुनमा प्रभात फेरी शुरु भई चन्द्रागिरि पार्टी प्यालेसमा औपचारिक कार्यक्रम  सम्पन्न भएको थियो ।   

कार्यक्रममा उचित ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटनाको प्रभावकारी अनुसन्धान गर्ने प्रहरी कर्माचारी मध्य महानगरीय प्रहरी बृत्तका थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा,थानकोट ट्राफिकका प्रहरी नायव निरीक्षक जिवनाथ कोईराला लगायलाई समानित गरिएको छ । 

अन्तरक्रियात्मक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका वडाध्यक्षहरू, विभिन्न यातायात व्यवशाय संघका प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योग(व्यवशायी, व्यापारी, बुद्दिजिवी, शिक्षक, प्राध्यापक, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरू, समुदाय प्रहरी पालिका, वडा तथा टोल स्तरीय समितिका पदाधिकारीहरू एवं सदस्यहरू, वडा समितिका पदाधिकारी, विभिन्न विद्यालय तथा कलेजका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत करीव ६०० जनाको सहभागिता भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *