बजेटको अर्धवार्षिक समीक्षा, आकार घट्यो

माघ २९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अर्धवार्षिक समीक्षा गरेका छन् । उनले चालु आर्थिक वर्ष २०७६/७७ को बजेट संशोधन गरी अर्धवार्षिक समिक्षा गरेका हुन् ।   

बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले सुरु बजेटको आकार  घटाएर १५ खर्ब ३२ अर्ब ९६ करोडबाट १३ खर्ब ८५ अर्बबाट१३ खर्ब ८५ अर्ब ९६ करोड खर्च हुने अनुमान गरेका छन् । यो कुल विनियोजनको तुलनामा ९०.४ प्रतिशत हो । चालुतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको छ । 

यो विनियोजन बजेटको ९४.५ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरेका छन् । यो विनियोजित बजेटको ८०.१ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ पनि १ खर्ब ५४ अर्ब ६९ करोड अर्थात् विनियोजनको ९२.२ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । चालु आवमा राजस्व संकलन पनि लक्ष्यअनुसार नहुने भएको छ । 

null

मन्त्री खतिवडाले लक्ष्यभन्दा कम राजस्व संकलन हुने जोखिम देखिएको बताए । सुरु अनुमानको ९५.६ प्रतिशत राजस्व संकलन हुने संशोधित अनुमान छ । 

माघ २८ गतेसम्मको समग्र खर्च ४ खर्ब ८३ अर्ब अर्थात् ३२ प्रतिशत रहेको अर्थमन्त्रीले बताएका छन् । ६ महिना अवधिसम्मको अवस्था हेर्दा सरकारको पछिल्लो लक्ष्य  हासिल हुन गाह्रो पर्ने देखिन्छ । 

यस अवधिसम्म कुल बजेटमध्ये ४ खर्ब २२ अर्ब ५५ करोड अर्थात् २७.६ प्रतिशत मात्र खर्च भएको छ । चालु खर्चतर्फ ३ खर्ब ९ अर्ब ६० करोड अर्थात् ३२.४ प्रतिशत र पुँजीगततर्फ ६२ अर्ब ७६ करोड अर्थात् १५.४ प्रतिशत मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ पनि हालसम्म ६२ अर्ब ७६ करोड अर्थात् १५.४ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि र मुद्रास्फीतितर्फको लक्ष्य भने संशोधन गरेनन् । सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि नियन्त्रणमा राख्ने लक्ष्य बजेटमा लिएको छ । प्रथम ६ महिनाको अवधिसम्म मूल्यवृद्धि ६.४ प्रतिशत पुगिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *