‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीत सार्वजनिक, गीतको भिडियोमा देखियो कलाकारको जम्बो टोली

फागुन १२, काठमाडौँ । चलचित्र  ‘हिजो आजका कुरा’ को  ‘माया जदौ’ बोलको गीत सार्वजनिक गरिएको छ ।  युट्युबमार्फत सार्वजनिक गरिएको ६ मिनेट ३६ सेकेण्डको उक्त गीतको भिडियोमा कलाकारहरुको जम्बो टोली देख्न सकिन्छ ।   

गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, भुवन चन्दका साथै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, केदार घिमिरे, दीपाश्री निरौला लगायतका कलाकारहरुलाई फिचर्ड गरिएको छ । चलचित्रमा पनि यी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।   

दुई दर्जन कलाकारको अभिनय समेटिएर बनाइएकाे  यो सम्भवत पहिलो नेपाली चलिचत्र  हो । चर्चित गायक/गायिका  रामकृष्ण ढकाल र  मेलिना राईको स्वर सजिएको यस गीतलाई आनन्द अधिकारीले लेखेका हुन् । गीतमा संगित भने दीपक शर्माको संगीत रहेको छ । 

Image result for ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीत

सन्तोष पन्तले आफ्नो चर्चित टेलिफिल्म ‘हिजो आजका कुरा’ नाम सापटी लिएर बनाएको यस चलचित्रमा सन्तोष पन्तकै छोरा साकार पन्तको डेब्यू निर्देशन रहेको छ ।   कमेडी जनरामा निर्माण भएको  यस चलचित्रकाे प्रदर्शन मिती भने वैशाख १२ गते बताइएकाे छ ।   

https://youtu.be/v56I3tYAlnQ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *