अख्तियारको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीका नेता-कार्यकर्ता पक्राउ

माघ २४, काठमाडौँ । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीका एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।   

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै आयोगको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीकी बागमती प्रदेश संयोजकसहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।   

‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो । 

टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो ।   

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *