चीनको हुवेइ प्रान्तमा रहेका नेपाली नागरिकको उद्धार हुँदै

माघ १८, काठमाडौं । नेपाल सरकाले चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरुको उद्धार गर्ने निर्णय गरेको छ ।   

बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको हो ।   

नेपाली दूतावासले त्यसको लागि विशेष चार्टड विमानको तयारी गरेको छ । यसका लागि हुवेइमा रहेका नेपालीहरुले आवश्यक फाराम भर्नु पर्ने दूतावासले जनाएको छ ।  उक्त फाराम दूतावासको वेवसाइटमा उपलब्ध छ ।  

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *