सभापति देउवाले तोके १३ विभागका प्रमुख, संचार विभागमा विश्वप्रकाश शर्मा


फागुन १७ , काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभागका प्रमुखहरु तोकेका छन् ।
सभापति देउवाले शुक्रबार अपरानह्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले पार्टीका विभाग गठन गर्ने तयारी गरेको भन्दै विभागमा राख्नुपर्ने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।
उनले आफ्नो तर्फबाट नाम दिन अस्वीकार गरेपछि देउवाले एकलौटी रुपमा केही विभाग गठन गरेका छन् ।
देउवाले गोपालमान श्रेष्ठलाई संगठन विभाग प्रमुख, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग,
अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग, महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभागका प्रमुख तोकेका छन् ।
यस्तै तरुण विभागमा शंकर भण्डारी, आदिवासी जनजाति विभागमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभागमा गोविन्द भट्टराई, उद्योग व्यापार विभागमा चिनकाजी श्रेष्ठ, सूचना, संचार तथा प्रचार विभागमा विश्वप्रकाश शर्मा (प्रवक्ता), श्रमिक तथा टे«ड युनियन विभागमा शिवप्रसाद हुमागाँइलाई विभाग प्रमुख तोकिएको हो ।
यस्तै ५ नेतालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।
दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमरा बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित सदस्य मनोनित गरिएको छ ।
सूचना :
