सरकारले जारी गरेको श्वेतपत्र श्वेत नभएर अश्वेत हो : शर्मा

फागुन १५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले सरकारले भर्खरै मात्र जारी गरेको श्वेतपत्रमा आफ्नो नामपनि मुछिएपछि आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै नेता शर्माले ‘यो श्वेत पत्र हो की अश्वेत पत्र हो, भनि प्रश्न गरे । उनले भने, ‘यो श्वेत पत्र हो भने जस्ताको तस्तै आउनु पर्यो, अश्वेत पत्र हो भने यस्लाई मान्ने कुरा भयो ।’
उनले आफु अशोज मै गृहमनत्रीको जिम्मेवारीबाट हटिसकेको भएपनि कात्तिक १३ गते भएको निर्णयमा आफुलाई जवरजस्ती घुसाइएको भन्दै आक्रोश पोखेका हुन् । ‘म मन्त्री नै नभएको मान्छेलाई जवरजस्ती नाम लेखिनु को कारण के ?’ भनि प्रश्न गरे । उनले भने, नभएको नाम किन लेखियो र लेखिनु पर्ने नाम किन लेखिएन, यो श्वेतपत्र होइन, अश्वेतपत्र हो ।’

उनले नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ? भन्दै भने, ‘मर्लाइ शंका उत्पन्न भयो । मलाई जवाफ चाहिन्छ विश्वासको संकट प¥यो ।’ ‘म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो । मैले कुनै गलत कुरा त बोलेको छैन् तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधान भन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । अर्को कुरा विकाश समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ । सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु । जनताको विकास निर्माणको तिव्र चाहाना छ । सरकारले यसतर्फ जानुपर्छ भनेको छु । अरु केही गरेको छैन् ।’








