संसदमा प्रधानमन्त्रीलाई प्रतिपक्षको प्रश्नको झटारो

फागुन ३, काठमाडौं । शनिबार सरकारको २ बर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको विवरण सुनाउँदा प्रमुख प्रतिपक्षी दलहरुका नेता तथा सांसदहरुले प्रधानमन्त्रीका कामका फेहरिस्तलाई पत्याएनन् । संसदमा उनीहरुले प्रधानमन्त्रीलाई प्रश्नै प्रश्न गरेका छन् ।   

आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिमा विवाद, एमसीसी परियोजना, संविधान संसोधन, महिला सहभागिता, ललितानिवास प्रकरणमा प्रश्नको झटारो छ ।   

आज नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्रीलाई सिमा विवादबारे प्रश्न राखे । उनले प्रधानमन्त्रीले सिमा विवादबारे १ लाइन खर्चिएको भन्दै प्रधानमन्त्रीस्तरीय वार्ता कहिले हुन्छ ? भन्दै प्रश्न गरे । बडुले लिम्पुयाधुरा सहितको नक्सा कहिले प्रकाशन हुन्छ ? कालापानीबाट भारतीय सेना कहिले हट्छ ? भन्ने प्रश्न गर्दा अर्की सांसद सरिता गिरीले संविधान संसोधनको कुरा उठाइन् । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि संविधान संशोधनको औचित्य सुरु भएको बताउँदै उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् ‘संविधान संशोधन कहिले हुन्छ ? उखु किसानको भुक्तानी कहिले हुन्छ ?  रेशम चौधरीको रिहाइको बारेमा किन केही कुरा आएन ?’ 

यता कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले संविधानको पालना नगरेको बताइन् । उनले  चुनावका बेला कांग्रेसले कम्युनिष्टको सरकार आए हाँस्न पाइँदैन रुन पाइँदैन भन्ने कुराको नेकपा अध्यक्ष प्रचण्डले देशभर घुमेर जनता खुसी छैनन् भन्ने पत्ता लगाएको बताइन्  । भुसालले सरकारले संविधानको किन पालना गरेन ? महिला सहभागीता कार्यान्वयन भएन, २५ मन्त्रीमा किन २ जना मात्र महिला मन्त्री ? भन्दै प्रश्न गरिन् ।   

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्री ठगहरुको घेरामा रहेको आरोप लगाए । उनले चीनबाट आउने कोराना प्रभावित नेपाली विद्यार्थीलाई खरिपाटीमा राख्न नहुने जिकिर गरे । साथै उनले राजधानी उपत्यका बाहिर लैजानुपर्ने बताए ।   

अर्की सांसद पार्वती डिसी चौधरीले अख्तियारले सरकारको प्रभावमा काम गरेको प्रधानमन्त्रीको भनाईले नै देखीएको भन्दै त्यस सम्बन्धमा प्रष्ट पारिदिनुस् ? भनिन् । अर्की सांसद अमृतादेवि अग्रहरीले लाल आयोगको प्रतिबेदन कहिले सार्वजनिक हुन्छ ? भन्दै प्रश्न गरिन् । कांग्रेस सांसद डिला संग्रौला पन्तले ‘राष्ट्रवाद र समृद्धिको टोपी लगाएर शत्तामा पुगेको सरकार किन यतिको सति गएको ? सरकारले किन ऐन परिर्वतन गरेर नीतिगत भ्रष्टाचार ग¥यो ?’ भन्दै प्रश्न गरिन् ।   

अर्का सांसद रामबहादुर विष्टले पनि यति समूहमा ५बर्ष बाँकी रहँदै ३० वर्षका लागि दिनु, पाथिभराको जग्गा ८० वर्षका लागि भाडामा दिनु, सरकार बलियो कि यति समूह बलियो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।   

सांसद लक्ष्मी परियारले रेलको कुरा उठाइन् । उनले एक वर्षमा रेल आउने भनेको भन्दै ‘रेल कहिले आँउछ ? सिंहदरबारमा केही यूवाहरु करारमा भर्ना गर्दैमा बेरोजगार घट्छ त ?’ भन्दै प्रश्न गरिन् । भवानी प्रसाद खापुङले सामूदायिक विद्यालयमा बाल शिक्षकले ६ हजार तलब पाउने तर कर्मचारीले ७ हजारसम्म लिने गरेको स्मरण गराउँदै सरकारले तोकेको न्यूनतम १३ हजार ५ सय तलब कहिले पाउँछन् ? भन्दै प्रश्न गरे ।   

सांसद प्रकाश रसाइलीले एमसीसीबारे सरकारको स्पष्ट भनाई के हो ? मोतिहारी अमलेखगञ्ज पाइपलाइन भारतको लगानीमा बनेको सरकारले गरेको भनेर किन भ्रम छरेको ? भन्दै प्रश्न गरे ।  अर्का सांसद मिनबहादुर विश्वकर्माले मिडिया काउन्सिलको कुरा उठाए । ‘मिडिया काउन्सिलमा जरिवाना चर्को राखको छ । पत्रकारले साँचो छुट्याउने हो भने अदालत किन चाहियो ?’ भन्दै प्रश्न गरे ।   

रंगमती शाहीले कर्णालीका जनता भोकै रहेको तर खाद्य संस्थानमा चामल कुहिएको प्रशंग निकालिन् । उनले जाडोमा कर्णालीमा कति जोर कपडा पठाउनुभयो ? काठमाडौं सोह्रखुट्टे सडकमा प्रधानमन्त्री ज्यूले गाडीको सिसा खोलेर हेर्नुहुन्थ्यो कि ? भन्दै प्रश्न गर्दा अर्का सांसद बालकृष्ण खाँणले मानवअधिकार आयोग विधेयक, सूचना प्रविधि विधेयकहरु मौलिक अधिकार र संविधानको भावना विपरित अगाडी बढाएको बताउँदै ‘सरकार किन संविधान बाहिर गएर काम गर्दैछ ?’ प्रश्न गरे ।   

कांग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी कहिले कार्यान्वयन हुन्छ ? भन्दै प्रश्न गर्दा राजपाका सांसद महेन्द्रराय यादवले संविधान संसोधनको कुरा उठाए । ‘संविधान संशोधनको बारेमा सरकारको भनाइ के छ ?’ यादवले प्रश्न गर्दै तराईमा हुलाकी सडक प्रदेशमा पठाइएको छ, बेहाल छ । तराईमा सिंचाईको व्यवस्था बेहाल भएको जानकारी गराए ।   

राजन केसीले तुइन विस्थापनको कुरा उठाए । ‘प्रधानमन्त्रीले अझै १३ वटा तुइन नेपालमा छ भन्नुभयो । जावो तुइन पनि विस्थापन गर्न नसक्ने सरकारले ठूला ठूला कुरा गर्ने ?’ भन्दै प्रश्न गरे । चित्रलेखा यादवले नेपालले भारतलाई बिजुली बेचेको बताउँदै । हिजो मात्रै धोविघाटमा पटक पटक बक्ति गएको जानकारी गराइन् । हिरा गुरुङले २ वर्षे कार्यकालमा धेरै नारा लगाइएको पाइएको जिकिर गरिन् । ‘सरकार एक दलीय पञ्चायती व्यवस्थाको बाटोमा हिँडेको हो ? द्वन्द्वपीडितका समस्या अहिलेसम्म किन समाधान नगरेको ?’ उनले प्रश्न गरिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *