विप्लवका विद्यार्थी अध्यक्ष ढकालसहित ३ जना पक्राउ
२०७६ फागुन १ गते

फागुन १, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनका अध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ परेका दुई जनाको भने परिचय खुलाइएको छैन ।
उनीहरुलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको छ ।

२०७६ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








