कार्कीपत्नी हत्या काण्ड : सीसीटिभीमा देखियो कामदारले नै हत्या गरेको दृश्य


माघ २७, काठमाडौं । पूर्व सचिव अजुर्न कार्कीकी श्रीमतीको कामदारले नै हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घरमा रहेको सीसीटीभी फुटेजका आधारमा कामदार २२ वर्षीय विजय चौधरीलेनै हत्या गरेको देखिएको प्रहरीले बताएको हो ।
ललितपुरको सानेपास्थित पूर्वसचिव कार्कीको निवासमा सीसीटीभी जडान गरिएको थियो । त्यही सीसीटीभीको फुटेज हेरेर श्रीमती मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको हो । ।
मुनाको हत्यापछि चौधरीले झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा खटिएका प्रहरीका अनुसार चौधरीले बिहान ९ बजे कार्कीलाई घाँटीमा समातेर घिसार्दै लगेको देखिन्छ । उनी भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ ।
चौधरीले किन कार्कीको हत्या र आफै आत्महत्या गरे भन्ने अझै खुल्न सकेको छैन ।
पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा सो घटना घटेको हो । कार्कीका एक छोरा र दुई छोरी छन् । दुवै छोरी अध्ययनकालागि बाहिर रहेका छन् भने १२ वर्षका छोरा आफैँसँग छन् ।
