घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
२०८३ असार ३२ गते

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो ।
विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई समेत आठ वर्ष कैद सजाय सुनाएको छ ।
यस्तै, नेपाल सरकारको विशिष्ट तहको पदमा रहेर भ्रष्टाचार गरेको ठहर गर्दै पौडेललाई थप ६ महिना कैद सजाय तोकिएको छ ।
विशेष अदालतले रकम बरामद नभएको आधारमा उनीहरूमाथि बिगो कायम गरेको छैन । तर घुस लिएको भनिएको ३ करोड ८ लाख रुपैयाँलाई दामासाहीमा बाँडेर दुवै जनालाई १ करोड ५४ लाख रुपैयाँका दरले जरिवाना गर्ने फैसला गरेको छ ।
२०८३ असार ३२ गते
प्रतिक्रिया
सम्बन्धित








