मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘हेभी गाउन’ लगाएर ४ वटा कुर्सीमा बसेकी उर्वशी ट्रोलको शिकार

फागुन ६, काठमाडौँ । असमको गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२०मा   ‘हेभी गाउन’ लगाएर ४ वटा कुर्सीमा बसेपछी बलिउड नायिका उर्वशी रौटेला ट्रोलर्सको निशानामा परेकी छिन् ।   

उनले सोसल मिडिया मार्फत आफूले उक्त  ‘हेभी गाउन’  लगाएको एक भिडियो सेयर गरेपछी उनी ट्रोलर्सको निशानामा परेकी हुन् ।   

रातो कलरको   ‘हेभी गाउन’ लगाएको भिडियो उनले सोसल मिडिया इन्स्टाग्राममा एक क्याप्सनमा लेख्दै सेयर गरेपछी उनका कारणले ४ वटा कुर्सी ओगटिएको भन्दै ट्रोलर्सहरुले ट्रोल बनाएका हुन् ।   

उनले उक्त भिडियो इन्स्टाग्राममा सेयर गर्दै लेखेकि छिन्, ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो । म चारवटा सिटमा बसेकी थिएँ । ’ 

उनकाे यस भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ ?’ 

त्यसैगरी गरी अर्काले लेखेका छन्  ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्‍यो रु यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ ।’ 

अर्का एक व्यक्तिले लेखेका छन्, , ‘यसमा त पूरा घरको दुई जोडी कपडा बन्छ ।’ 

प्रतिकृयाहरु
Loading...