भिस्तारा एयरले सुरु गर्यो काठमाडौं–दिल्ली उडान

माघ २९, काठमाडौं । भिस्तारा एयरले काठमाडौं–दिल्ली दैनिक उडान सुरु गरेको छ ।  

हिजो मंगलबारबाट भिस्तारा एयरले काठमाडौं–दिल्ली रुटमा हवाई सेवा सुरु गरेको हो । सेवा उद्घाटनका क्रममा दिल्लीबाट आएका यात्रुहरुलाई काठमाडौंमा ठुलो उत्साहका साथ स्वागत गरियो ।  

भिस्ताराका प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले भने, ‘नेपालमा आज हामीले हाम्रो सेवा उद्घाटन गरेकोमा हामी अत्यन्तै हर्षित छौँ । नेपाल जाने र नेपालबाट आउने यात्रुहरुले विश्वस्तरीय र अनुपम सेवा प्रदान गर्न हामी सदैव तत्पर रहनेछौँ ।’ 

तीन श्रेणाी कन्फिगरेशन (व्यवस्थापन) सहितको हवाईजहाज तुरुन्त सेवामा प्रयोग गरिने र भारत र नेपालबिच यात्रा गर्ने यात्रुहरुको लागि प्रेमियम इकोनोमि वर्ग मात्रै प्रस्ताव गरिने उनको भनाइ छ ।  

भिस्ताराले सन् २०१९ को अगष्टमा सिंगापुर उडान भरी आफ्नो अन्तर्राष्ट्रिय उडानको उद्घाटन गरेको थियो । त्यसपछि दुबई, बैंकक र कोलम्बोमा सेवा विस्तार गरेको थियो । सन् २०२३ सम्ममा न्यारो बडी र वाइडबडी गरी ४० वटा हवाईजहाज थप गर्ने भिस्ताराले जनाएको छ ।  

टाटा सोन्स र सिंगापूर एयरलाइन्सको जोइन्ट भेन्चर कम्पनी टाटा एसआईए एयरलाइन्सले ‘भिस्तारा’ नामबाट उडान भर्दै आएको छ। यसमा टाटा सोन्सको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी ४९ प्रतिशत एसआइएको छ। 

हाल कम्पनीले ३२ एयरबस र ७ बोइङमार्फत दैनिक २ सयभन्दा बढी उडान भर्ने गरेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *