बिवादित गायिका आस्था उपस्थित भईन् वकिलको कार्यालयमा

माघ १४, काठमाडौँ । मंगलबार बिवादित गायिका आस्था राउत सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित भएकी छिन् ।   

४ दिन  थुनामा राख्ने आदेश भएपछी प्रहरी हिरासतमा रहेकी राउतलाई प्रहरीले केही समय अघीमात्र  सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।   

सोमबार आफै प्रहरी कार्यालयमा उपस्थित भएपछी उनलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो भने उनलाई अनुसन्धानको लागि  जिल्ला प्रशासन कार्यालय काठमाडौले  ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।   

Image result for आस्था राउत

हिरासतमा राख्ने अनुमती पश्चात सोमबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछी उनलाई  त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना गरिएको थियो ।   

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेपछी उनीबिरुद्ध  उक्त प्रहरी जवानले प्रहरी समक्ष उजुरी गरेपछि उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो । 

अब उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले  उनलाई नियन्त्रणमा लिनु भन्दा अघी उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकारेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =